काठमाडौं, बैशाख ८
प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बीच किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ । आज (शुक्रबार) प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बीच उक्त विषयमा सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा आर एण्ड डि ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रा.लि.का निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बीच उक्त त्रिपक्षीय सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।
साथै, समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ ATM सहित फराकिलोे पहुँच रहेको प्रभु बैंक लिमिटेडले उक्त सम्झौता अनुरुप किसानहरुलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।