काठमाडौं, बैशाख ६
नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।