neapl investment mega bank

सुनचाँदीको मूल्य यथावत

Apr 17th, 2023

काठमाडौैं, बैशाख ४

बजारमा सोमबार सुनचाँदीको मूल्य यथावत रहेको छ । हिजो आइतबार १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, हिजो १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको छ । 

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कायम भएको थियो ।