neapl investment mega bank
  • गृहपृष्ठ
  • उद्यमीलाई गोदावरी नगरपालिकाको बिना ब्याजको ऋण

उद्यमीलाई गोदावरी नगरपालिकाको बिना ब्याजको ऋण

Apr 16th, 2023

ललितपुर, बैशाख ३

गोदावरी नगरपालिकाले व्यवसाय गर्न चाहने नगरभित्रका स्थायी बासिन्दालाई  बिना ब्याजको ऋण उपलब्ध गराएको छ । व्यवसाय गरेको एक वर्ष पूरा गरेका व्यवसायकाे प्रकृति हेरी पाँचदेखि १० लाख बिना ब्याजको ऋण एनआइसी एसिया बैंकबाट उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

ऋणको ब्याज बापतको रकम बैंकलाई नगरपालिकाले तिर्ने व्यवस्था मिलाएको छ । ऋण लिनका लागि धितो राख्नुपर्छ । ऋण उपलब्ध गराउने सम्बन्धी समझादारी पत्रमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र एनआइसी एसिया बैंकका प्रमुख अर्जुन खनियाँले हस्ताक्षर गरेका छन् ।

व्यवसाय प्रवद्र्धनका लागि लिएको ऋण रकम तीन वर्षभित्र बैंकलाई भुक्तानी गर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ ।

गोदावरी नगरपालिकाले  गरेको सिफारिसका आधारमा ऋण दिइने नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।