neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा शान्ती छाओस भन्ने उद्देश्य राखेर गोमा माताले गराइन् २४ घण्टे यज्ञ र अखण्ड भजन

विश्वमा शान्ती छाओस भन्ने उद्देश्य राखेर गोमा माताले गराइन् २४ घण्टे यज्ञ र अखण्ड भजन

Apr 16th, 2023

काठमाडौं, बैशाख २
काठमाडौंको टोखा नगरपालिकामा स्थित सिद्धी गणेश मन्दिरमा आरती गर्दै आउनु भएकी गोमा माताले विश्वमा शान्ती छाओस् हिंसा, दैवी प्रकोप नहोस् भन्ने उद्देश्य राखेर दई दिने यज्ञ र २४ घण्टे अखण्ड भजन लगाउनु भएको छ । माता संग २० वर्ष देखि यज्ञ गरिरहनु भएका विश्व शान्ती यज्ञाचार्य हिमालय उपे्रतीका अनुसार कुनै शिक्षा नलिएकी ल्याप्चे गोमा माताले दैवी शक्ति विद्याबाट श्रीमद्भागवत पढ्ने, किराँत, नेवारी, तामाङ्ग र नेपाली भाषामा रुपधारण गरेर भक्तहरुको सेवा गर्ने सिलसिलामा गोकर्णका २ वर्ष देखि ओछ्यान परेका परशु राम विष्ट माताले तीन पटक दैवी शक्ति पद्धतिले उपचारबाट निको भएकोमा आफू अचम्मित परेको जानकारी गराए ।

त्यस्तै, चावहिल निवासी निर्मला पौडेल भन्छिन् गोमा माता संग १३ वर्ष देखि माताको दैवी शक्तिको पद्धतिले उपचार गराउदा आफ्ना घर परिवारमा आई परेको समस्या समाधान हुदै आएको बताउँछिन् । अर्की मण्डिकाटार निवासी सन्तोषी पन्डित ०७२ सालदेखि गोमा माताको दैवी वाणीबाट उपचार सेवा लिदै आएकोले मेरो परिवारमा शान्ती आएको र दुःख कम भएको बताइन्
चावहिल निवासी ५६ बर्षीय प्रमिला घिमिरे खनाल, भन्छिन् वडा दशैंको नौ रथामा गोमा माताले दैवी शक्तिले नौ दिन सम्म केही नखाई छातीमा जमरा उमारेकोले माताबाट प्रभावित भएको बताइन् ।

४५ वर्षीय बुढानिलकण्ठ निवासी अनिता पौडेल १३ वर्ष देखि गोमा माताको दैवी शक्तिले छोरीको राम्रो शिक्षा र बुढाको स्वास्थ्यमा राम्रो भएको बताउछिन् ।