neapl investment mega bank
  • गृहपृष्ठ
  • नव बर्ष उत्सव २०८० को लागि प्रभु बैंक र दराज बीच सम्झौता

नव बर्ष उत्सव २०८० को लागि प्रभु बैंक र दराज बीच सम्झौता

Apr 12th, 2023

काठमाडौं, चैत २९

प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव बर्ष उत्सव २०८० को छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग आपसी सम्झौतामा हस्ताक्षर गरेको छ । यस योजना मिति २०७९ / १२ / २८ बाट लागु हुनेछ । यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखी १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८% वा अधिकतम रु ७५०/- बराबरको छुट पाउनेछन भने क्रेडिट कार्ड मार्फत १०% वा अधिकतम रु १०००/- सम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ग्राहकहरुले २०२३ अप्रिल १५ देखी २० सम्म २०% वा अधिकतम रु २००/- सम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सकृय गर्नु पर्दछ ।

दराजद्वारा सूचिकृत गरीएको स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरिदमा ग्राहकहरुले २०% वा अधिकतम रु २००/- सम्मको छुट पाउन सक्नेछन्। प्री पेमेन्ट छुट सिमित अवधीको लागि मात्र जारी रहनेछ ।