चैत्र २८, भक्तपुर
भक्तपुरका सहकारी सञ्चालक बेपत्ता, फरार हुने क्रम रोकिएको छैन । गत मंसीर १३ गते देखि बशन्त बहुउद्देश्यीय सहकारी संस्था लि.ले प्रदेशको सरकारको कृषि तथा सहकारी मन्त्रालयबाट स्वीकृती लिई सु.न.पा. कार्य क्षेत्र रहने गरी दर्ता गराई बाहाखा नगदेशमा संचालन भएको सञ्चालक डम्बर बहादुर बस्नेत सहकारीमा हाल सम्म सहकारी आएका छैनन् । नीज बस्नेत चेक अनादरका कारण जिल्ला प्रशासन कार्यालयमा मुद्दा समेत खेपिरहेको बुझिएको छ ।
त्यस्तै, भरखर मात्र कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि. गठ्ठाघरमा शाखामा सदस्यहरुको बचत फिर्ता नगरेका कारण ताला बन्दी भएकोमा मध्यपुर नगरपालिका र सहकारीका सदस्य बचत कर्ता, नगरपालिका र सहकारी संचालक बार्ता गरि सदस्यहरुको बचतको सट्टा कित्ताकाट हुन नसकेको जग्गा दिने शर्तमा सहकारी खुला गरेको बुझिएको छ ।
यसरी सहकारी फरार हुनु मुख्य कारण नै सहकारी संस्थाहरुले सहकारी सिद्धान्त विपरित घर जग्गामा सदस्यहरुको बचतको दुरुपयोग गरी सदस्यहरुको बचत गरेको पैसा घर जग्गामा लगाउनु नै मुख्य कारण भएको सहकारीका बिज्ञहरुको भनाई छ ।