neapl investment mega bank
  • गृहपृष्ठ
  • कुमारी बैंकको ७२ हजार कित्ता सेयर बिक्रिमा

कुमारी बैंकको ७२ हजार कित्ता सेयर बिक्रिमा

Apr 11th, 2023

काठमाडौं, चैत २८

कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीको नाममा रहेको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम ११० रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्युनतम ११० रुपैयाँ वा त्यो भन्दा बढिमा आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले बैशाख ५ गतेदेखि बैशाख ११ गतेसम्म आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।