neapl investment mega bank

२५ वर्ष देखि फरार प्रतिवादी पक्राउ

Apr 10th, 2023

काठमाडौं, चैत २७

पच्चीस (२५) वर्ष देखि फरार प्रतिवादी काभ्रेका प्रेम लामा पक्राउ परेका छन्। लामालाई प्रहरीले आइताबार काठमाडौं स्वयम्भुबाट पक्राउ गरेको हो।

जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका लामालाई पक्राउ गरी दिनु भ्रेपलाञ्चोकबाट पत्राचार भएपछी काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।