neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरी नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने

गोदावरी नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने

Apr 9th, 2023

ललितपुर, चैत २६

ललितपुरको गोदावरी नगरपालिकाले आगामी मंगलबार (चैत २८ गते) सार्वजनिक सुनुवाई गर्ने भएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले एक विज्ञप्ति जारी गर्दै मंगलबार सार्वजनिक सुनुवाइ गरिने जानकारी दिँदै उक्त कार्यक्रममा सरोकारवाला नियकाका प्रतिनिधिहरुलाई सहभागी हुन आह्वान गरेका छन् ।

नगर कार्यपालिकाको कार्यालय बज्रबाराही ललितपुरमा मध्यह्न १ बजे सार्वजनिक सुनुवाई हुने नगर प्रमुख महर्जनले जानकारी दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले गत आवमा तथा चालु आ.व.मा सञ्चालन गरेका सबै योजना, कार्यक्रम तथा नगरका अन्य गतिविधिका विषयमा सरोकारवाला सबैसँग सार्वजनिक सुनुवाई गरिने भएकाले उपस्थितिका लागि नगरप्रमुखले उपस्थित हुन अनुरोध गरेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रम नगरकार्यपालिकाको गत चैत ८ गते बसेको बैठकले निर्णय गरेको हो ।