neapl investment mega bank

आजको विदेशी मुद्राको विनिमय दर कति !

Apr 9th, 2023

काठमाडौं, चैत २६

 नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ ३१ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ६२ पैसा र बिक्री दर १६३ रूपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।