neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा एमाले महालक्ष्मी ७ मा दल (छायाँ सरकार) गठन

नेकपा एमाले महालक्ष्मी ७ मा दल (छायाँ सरकार) गठन

Apr 7th, 2023

ललितपुर ,चैत्र २५
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.७ मा नेकपा एमाले दल (छायाँ सरकार) गठन भएको छ । दल गठनमा नेकपा एमाले ललितपुर जिल्ला कमिटी सदस्य तथा महालक्ष्मी नगरपालिका वडा नं. ७ की इन्चार्ज आशा राईको प्रमुख आतिथ्यता र नेकपा एमाले महालक्ष्मी नगर कमिटी सचिव विनोद कंडेलको उपस्थितिमा भएको होे ।

त्यस्तै, नेकपा एमाले ललितपुर जिल्ला कमिटि सदस्य तथा महालक्ष्मी नगरपालिका वडा नं. ५ का इन्चार्ज संकर बस्नेतको संयोजकत्वमा दल (छायाँं) सरकार गठन भएको छ । जस अनुसार सदस्यहरुमा बलराम वाग्ले, शुजित बस्नेत, मुकुन्द ठकुरी, यशोेदा राउत, बस्नेत, अनुराधा कोइराला, सुनिता बस्नेत, दिपेन्द्र कार्की र सञ्जन गिरी, चयन भएका छन् । सो दल गठनले महालमक्ष्मी नगरपालिका वडा नं. ७ हुने गरेका विकास निर्माण विषयमा निगरानी र विकासका काममा सहयोगीको भूमिका निर्वाह गर्नेछ । दल गठन (छायाँ सरकार) महालक्ष्मी नगरपालिका ९ वटै वडामा गठन भएको नगर कमिटी सचिव विनोद कंडेलले जानकारी गराए ।