neapl investment mega bank

राष्ट्र बैंकले रिपो जारी गर्दै

Apr 6th, 2023

काठमाडौं, चैत २३

नेपाल राष्ट्र बैंकले आज रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

रिपोका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंकले बोलकबोल गर्नेछ । सो बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् । जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।