काठमाडौं,चैत २०
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार २० अंकले घटेर १८८८.५५ विन्दुमा बन्द भएको नेप्से आज यो सेसनमा ०.०६ अंकले बढेर १८८८.६१ विन्दुमा पुगेको हो।
प्री ओपन सेसनमा तीन कम्पनीको १२० कित्ता सेयर ९ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका कम्पनीमध्ये १ को बढ्यो, १ को घट्यो भने बाँकी १ को मूल्य स्थिर रह्यो।