neapl investment mega bank

नेप्से १.९४ अंकले वृद्धि

Apr 2nd, 2023

काठमाडौं, चैत १९

आइतबार प्रि-ओपन सेसनमा सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचकमा १.९४ अंकले वृद्धि भई १९१० विन्दुमा पुगेको छ ।

योसँगै २२ कम्पनीको एक हजार ६३९ कित्ता सेयर खरिदबिक्री र ७ लाख ३१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ११ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ । त्यस्तै ३ कम्पनी स्थिर रहेको छ ।

१३ उपसूचकहरू मध्ये ५ कम्पनीमा वृद्धि भएको छ भने एउटा कम्पनीमा गिरावट आएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।