काठमाडौं, चैत १७
नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले मन्त्रालयको कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । सिंहदबारस्थित मन्त्रालयमा आज पदबहालीका क्रममा उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताइन् ।
मन्त्री गुरुङले स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रसँग मिलेर काम गरेर नै परिणाम प्राप्त हुने विश्वास व्यक्त गरिन् । मन्त्री गुरुङले क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।