neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

Mar 30th, 2023

काठमाडौं, १६ चैत्र

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार श्रेष्ठ चयन भए भने कार्यसमितिको निवर्तमान अध्यक्षमा नवराज ढकाल र वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित भएका छन् ।

संघको दुई उपाध्यक्षमा निरज श्रेष्ठ र मनोज ज्ञवाली तथा महासचिवमा तीर्थबहादुर रोका, कोषाध्यक्षमा पवन अग्रवाल र दुई सचिवमा रोमनाथ घिमिरे र मनोज श्रेष्ठ बडेल निर्वाचित भएको संघले जनाएको छ । कार्यसमिति सदस्यहरुमा अरुण केसी, अन्ना मारिया, बसुमाया तामाङ, बीणा प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैंजु, विनोद सग्तानी र वीरेन्द्र शाही चयन भएका छन् ।

यस्तै, संघको अन्य सदस्यहरुमा किसान सुनार, किशोर भट्टराई, साम्बा लामा, सञ्जय अग्रवाल सर्राफ, सारिक बोगटी, शम्भु लामा, सुमित धानुका, सुशील जैन, सुभाश विक्रम शाह र युगेश बादे श्रेष्ठ निर्वाचित भएको जनाइएको । नवनिर्वाचित कार्य समितिले नेपाल र इटलीबीच व्यापार, लगानी, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने लक्ष्य लिएको छ । नेपाल र इटलीबीच व्यापारघाटा कम गर्न नेपाली वस्तुको निकासी बढाउन पहल गर्ने संघले जनाएको छ ।

संघको साधारण सभालार्ई गत साता उपप्रधान तथा भौतिक पूर्वाधार र यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।