neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

Mar 30th, 2023

काठमाडौं, चैत १६

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा २०७९ साल चैत्र १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको एक्काईसौं वार्षिक साधारण सभाबाट ३.३२५५ बोनस शेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाईस चुक्ता पूँजीबाट बोनश शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।