neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरी १० मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण हुँदै

गोदावरी १० मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण हुँदै

Mar 29th, 2023

ललितपुर, चैत १५

गोदावरी नगरपालिका १० बोहराटारमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण हुने भएको छ । राधा सर्वेश्वरधामसँग निर्माण हुने उक्त दिवा सेवा केन्द्रको शनिवार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरे । नगर प्रमुख महर्जनले ज्येष्ठ नागरिकलाई दिउँसोको समय बिताउन सजिलो होस् भन्दै नगरपालिकाले प्रत्येक वडामा यो केन्द्र निर्माणको अवधारणा ल्याएको बताए ।

ज्येष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा केन्द्र निर्माण गरेको प्रष्ट पार्दै केन्द्रले ज्येष्ठ नागरिकको दैनिकी सजिलो बनाउने दाबी गरे । यी केन्द्रले ज्येष्ठ नागरिकलाई खुशी राख्न सहयोग गर्ने दाबी उनले गरे । केन्द्रमा ज्येष्ठ नागरिकले भजन कीर्तन गर्न सक्छन् । ज्येष्ठ नागरिकले केन्द्रमा आएर आफ्नो अनुभव आदानप्रदान गर्न सक्ने महर्जनले बताए ।

गोदावरी नगरपालिका प्रत्येक वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणको अवधारणा अघि सारेको छ । जस अनुसार वडा नंं.१२, ११,१४ मा यो केन्द्र निर्माण भइसकेको छ । नगरपालिकाले उक्त केन्द्र निर्माणका लागि २० लाख विनियोजन गरेको छ ।

वडा नंं.१० का वडा अध्यक्ष शेखर न्यौपानेले यो केन्द्र शारीरिक र मानसिक स्वास्थ्यसँग जोडिएको विषय भएको बताए ।