neapl investment mega bank
  • गृहपृष्ठ
  • चापागाउँ सडकखण्डमा पर्ने २५ वटा घरटहरा भत्काउन निर्देशन

चापागाउँ सडकखण्डमा पर्ने २५ वटा घरटहरा भत्काउन निर्देशन

Mar 28th, 2023

ललितपुर चैत १४

गाेदावरी नगरपालिकाले चापागाउँ सडकखण्डमा पर्ने २५ वटा घरटहरा भत्काउन निर्देशन दिएको छ । नगरको १० र ११ नम्बर वडामा पर्ने २५ वटा घरटहराका धनीको नाममा सूचना निकाल्दै पालिकाले आजकै मितिबाट चार दिनभित्र भत्काउन निर्देशन दिएको हो ।

सडक विस्तारका क्रममा ती घरटहरा भत्काउनका लागि आर्थिक वर्ष २०७६/०७७ मा नै क्षतिपूर्ति रकम लिएपनि हालसम्म नभत्काएको नगरको सूचनामा उल्लेख छ ।