neapl investment mega bank

आजकाे विदेशी मुद्राको विनिमय दर

Mar 26th, 2023

काठमाडौं, चैत १२

 नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ६८ पैसा र बिक्री दर १३२ रूपैयाँ २८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३२ पैसा र बिक्री दर १४१ रूपैयाँ ९६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ७९ पैसा र बिक्री दर १६१ रूपैयाँ ५३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।