neapl investment mega bank

नेपालको कुल जनसंख्या कति !

Mar 24th, 2023

काठमाडौं, चैत १०

नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रवार सार्वजनिक भएको छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन् ।

पुरुष भन्दा महिलाको जनसंख्या नेपालमा करिव ६ लाख ५० हजार बढी रहेको छ । वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, कर्णाली प्रदेशमा भने सबैभन्दा कम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । 

त्यस्तैगरी भक्तपुरमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको छ ।