neapl investment mega bank

फेरि बढ्यो सुनको मूल्य

Mar 24th, 2023

काठमाडौं, चैत १०

नेपाली बजारमा आज सुनको भाउ ८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँ कायम भएको छ । 

यता, चाँदीको मूल्य भने यथावत रहेको छ । अघिल्लो दिन एक हजार ३ सय साठ्ठी रुपैयाँ भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।