काठमाडाैं, चैत ८
नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत र सरकारका विषयमा निर्णय लिन बैठक आह्वान गरिएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलका अनुसार जम्कट्टेललाई एमाले कै समर्थनमा मुख्यमन्त्री बनाइएको र हाल समीकरण फरक भएकाले संसदीय दलको बैठकले नै त्यसको अन्तिम निर्णय गर्नेछ ।
उनले पछिल्लो समय राष्ट्रपति र उपराष्टपति निर्वाचनका लागि केन्द्रमा बनेको सत्ता समीकरण बागमती प्रदेशसम्म आइपुग्दा घर्मराएकाले एमालेले आफ्नो निर्णयलाई होल्ड गरेको बताए । सत्ता समीकरणमा आवद्ध दलहरुको उपस्थितिअनुसार एमालेले निर्णय गर्ने उनको भनाई छ ।