काठमाडौं, चैत ६
सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले डीआईजीहरू क्रमश: वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।
बढुवाका लागि गृहमन्त्रालयले पाँचै जनाको नाम सिफारिश गरेको थियो । यिनै एआईजीमध्येबाट एक जना यही चैत ११ गते प्रहरी महानिरीक्षक आईजीपी नियुक्त हुनेछन् ।