neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्बाचन अधिकृतलाई बचाउन सुरक्षाकर्मिलाई धौ धौ !

निर्बाचन अधिकृतलाई बचाउन सुरक्षाकर्मिलाई धौ धौ !

Mar 19th, 2023

सोलुखुम्बु चैत्र – ५

सोलुखुम्बु जिल्ला नेचासल्यान गा.पा.- २, स्थित बि.पि.सँस्कृत बिधापिठ क्यामपसमा स्व.बि.यु. निर्बाचनको बिषय लाई लिएर मतदान अधिकृतले अ.ने.रा.स्व.बि.यु.का उम्मेदार मोहन बस्नेतलाई लाई बन्द कोठा भित्र बोलाई गोप्यमा स्व.बि. यु. मा निर्बाचित गरिएको प्रमाणपत्र हस्तान्तरण गरेपछि ने.बि.सँघका बिधार्थीहरु उत्तेजित भएका थिए ।

उत्तेजित बिधार्थीहरुको माग निर्बाचित स्व.बि.यु.सभापतिलाई कोठा भित्र गोप्यमा नभएर खुल्ला मैदानमा सार्बजानिक गरेर बिजयी घोषणा गरि प्रमाणपत्र हस्तान्तरण गरिनु पर्ने माग रहेको थियो । बिधार्थीहरुको सो माग रहेपनि निर्बाचन अधिकृत राजु बस्नेतले मागलाई बेवास्ता गरि जबरजस्ती निर्बाचित सभापतिलाई बन्द कोठा भित्र नै घोषणा गरि प्रमाणपत्र हस्तान्तरण गरेपछि ने.बि.सँघका बिधार्थीहरु झन उत्तेजित भई सुरक्षाकर्मीलाई मतदान अधिकृत बस्नेतलाई बचाउन निक्कै धौ धौ परेको थियो ।

अन्त्यमा ने.बि.सँघका बिधार्थीहरुले आफ्नो उम्मेदारी दर्ता हुन नदिई यसरी बन्द कोठा भित्र कसैले सुँईको सम्म पनि जानकारी नगराई प्रमाणपत्र दिएकोमा आपत्ति जनाई पुःन क्याम्पसमा ताला बन्दी गरेका छन ।

यो तालाबन्दिले निकटमा आँउदै गरेको सँस्कृत तर्फको शास्त्री तिनबर्षे तथा शास्त्री चारबर्षे तहका परिक्षाहरुलाई ठुलो प्रभाब पर्ने स्पष्ट देखिएको छ। सो परीक्षा यहि चैत्र – १०, गते देखि सोही ताला लगाईएको भवनमा हने निश्चित तयारी रहेको कुरा सोही क्याम्पसमा अध्यनरत बिधार्थी केशर राई (एलन) ले हामीलाई बताएका छन ।