neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरद्वारा पाटेबाघको जिम्मेवारी लिने

ललितपुर महानगरद्वारा पाटेबाघको जिम्मेवारी लिने

Mar 19th, 2023

ललितपुर, चैत ५

ललितपुर महानगरपालिकाले सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा पाटेबाघको खानपान र अन्तिम समयसम्मको जिम्मा लिने भएको छ ।

आज दिउँसो चिडियाखानाभित्रै आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जिम्मेवारीको घोषणा गरिंदैछ । जावलाखेलस्थित सदर चिडियाखानामा रहेको एउटा पाटेबाघलाई एडप्ट गर्ने निर्णय भएको महानगर स्रोतले जनाएको छ ।

त्यसबारे महानगर र सदर चिडियाखानाबीच समझदारी पत्रमा हस्ताक्षर गरिँदैछ । आज दिउँसो ३ बजे चिडियाखानाभित्रै बाघको जिम्मेवारी लिने घोषणा गरिँदैछ ।