काठमाडौं, चैत ४
सोलुखुम्बु जिल्ला नेचासल्यान गा.पा.- २, स्थित बि.पि.सँस्कृत बिधापिठ क्याम्पसमा स्व.बि.यु. निर्बाचन अन्तर्गतको बिषयलाई लिएर सो क्याम्पसमा अध्यनरत ने.बि.सँघका बिधार्थीहरुले केही दिन अगाडि (फागुन ३० गते) क्याम्पसमा ताला बन्दी गरेका थिए।
सो तालाबन्दी सोहि क्याम्पसमा अध्यनरत बिधार्थीहरुले आफ्नो सँगठनको उम्मेदारीलाई निर्बाचन समितिले उम्मेदारी दर्ता गर्न नदिएको कुरालाई लिएर निर्बाचन समितिले बिधार्थीहरुको उम्मेदारी बन्न पाँउने स्वतन्त्र अधिकार माथी बन्देज गरेर एकलौटी निर्णय गरि ने.बि.संघका बिधार्थीहरु प्रति अन्याय गरेको आरोप लगाँउदै क्याम्पसको प्रशासनमा ताला लगाएका थिए । सोही बिषयलाई लिएर विभिन्न सँगठनका स्थानिय गा.पा.का उच्च नेतृत्वहरु छलफलमा सहभागी भएका थिए।
छलफलमा ने.बि.सँघका बिधार्थीहरुले आफ्नो उम्मेदारी दर्ता गराएर निर्बाचन गरिनु पर्ने माग रहेको थियो भने यता निर्बाचन समितिको भने ने.बि.सँघका उम्मेदारीको उम्मेदारीमा विधि सँगत नरहेकोले उम्मेदारी दर्ता हुन नसकेको कुरा अवगत गराँउदै स्वतह निर्बाचन नगरि अ.ने.रा.स्व.बि.यु.(क्रान्तिकारी) का उम्मेदार मोहन बस्नेतलाई सभापति पदमा निर्बाचित घोषणा गरिने निर्बाचन समितिका अधिकृत राजु बस्नेतले छलफलमा बताएका थिए।
छलफलमा सहभागी विभिन्न सँगठनका नेतृत्वहरुले दोहोरो साँङ्गठानिक बादबिबादमा समस्या निकाशका लागि भरपुर प्रयास गरेता पनि ने.बि.सँघ तर्फका उम्मेदार केशर राई (एलन) ले आफू स्वयँ र ने.बि.सँघ सँगठन असन्तुष्टि रहि आफ्नो माग पूरा नभए अन्तिम अवस्था सम्म पनि ताला नखोलिने प्रतिबध्दता गर्दै निर्बाचन अधिकृत बस्नेतलाई लिखित निबेदन दिएका छन अन्त्यमा अधिकृत बस्नेतले असन्तुष्टि पक्षका निबेदनलाई ग्रहण गर्दै सो निबेदनलाई सम्बन्धित निकायमा पुर्याउने जानकारी गराँउदै बिना निष्कर्ष छलफल कार्यक्रमलाई समापन भएको घोषणा गरेका छन् ।