neapl investment mega bank

पेट्रोलियम पदार्थको मूल्य घटेर आयाे

Mar 16th, 2023

काठमाडौं, चैत २

नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । त्यस्तैगरी खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ रहेको छ ।

अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले घटेर आएको मूल्यका आधारमा इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्नेछ ।