neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ कर्जा सापटी दिँदै 

नेपाल राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ कर्जा सापटी दिँदै 

Mar 16th, 2023

काठमाडौं, चैैत २

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १५ अर्ब रुपैयाँ बराबरको कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार रिपोमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो । 

बिहीबार १० बजेदेखि ३ बजेसम्म जारी हुने रिपोका लागि इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतमका लागि ५ करोडले भाग गर्दा निःशेष भाग लाग्ने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।  

१४ दिनका लागि जारी हुने रिपो आगामी चैत १६ गते परिपक्व हुनेछ ।