neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्री र सरकारी कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक

मन्त्री र सरकारी कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक

Mar 15th, 2023

काठमाडौ १ चैत

नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरूले अब देखि अति आवश्यकबाहेक भ्रमण गर्न नपाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बुधवार मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गर्दै मन्त्री र कर्मचारीले अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न नपाउने जानकारी दिइन् ।