neapl investment mega bank

सुनको मूल्य स्थिर

Mar 15th, 2023

काठमाडौं, चैत १

नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ ।हिजो प्रतितोला एक लाख ५ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

त्यस्तै, अघिल्लो दिन एक लाख ५ हजार दुई सय रुपैयाँ कायम भएको तेजाबी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

आज चाँदी पनि तोलाको एक हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।