neapl investment mega bank
  • गृहपृष्ठ
  • उपराष्ट्रपति निर्वाचन: आज रातिदेखि मौन अवधि

उपराष्ट्रपति निर्वाचन: आज रातिदेखि मौन अवधि

Mar 14th, 2023

काठमाडौं, फागुन ३०

निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि प्रचार प्रसार गर्न निषेध गरेको छ । मंगलबार राति १२ बजेदेखि मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।