neapl investment mega bank

बढ्याे सुनकाे मूल्य

Mar 14th, 2023

काठमाडौं, फागुन ३०

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ। छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

यता चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार ३०० रुपैयाँ कायम भएको छ।