neapl investment mega bank

ग्रामिण आँखा केन्द्रको उदघाटन

Mar 14th, 2023

सोलुखुम्बु फागुन – २९

सोलुखुम्बु जिल्ला नेचासल्यान गा.पा.-२, दोदीमा प्राथमिक स्वास्थ्य केन्द्रको एउटा भवनमा ग्रामिण आँखा केन्द्रको औपचारिक रित पुर्बक उदघाटन भएको छ। उक्त ग्रामिण आँखा केन्द्र स्थानिय सरकारको पहलबाट तिलगङ्गा आँखा प्रतिष्ठान सँगको सहयोगमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा सभापतिको भूमिकामा स्थानिय वार्डध्यक्ष तथा प्रा.स्वा. केन्द्रका ब्यबस्थापन समिति अध्यक्ष सिताराम काफ्ले रहेका थिए भने प्रमुख अतिथिमा स्थानिय गा.पा.प्रमुख तथा प्रा.स्वा.के.का सँयोजक धनजन राई रहेका थिए।

यसैगरी बिशिष्ठ अतिथिमा सामुदायिक आँखा केन्द्र फाप्लुका अध्यक्ष ङिमा तेण्डुप शेर्पा रहेका थिए भने विशेष अतिथिहरुमा स्थानिय गा.पा. उपप्रमुख बिना राई सँग, सँगै स्थानिय गा.पा. का नि. प्रशासकिय अधिकृत युबराज पोखरेल, तिलगङ्गा बाह्य कार्यक्रमका अधिकृत हरि कार्की, जिल्ला स्वास्थ्य प्रमुख शिबन ठाकुर हरेका थिए र अन्य अतिथिहरुमा स्थानिय बुध्दिजिबि तथा समाजशेवीहरु लगायत स्थानिय मा.बि.का प्रधानाध्यापकहरु रहेका थिए।

कार्यक्रममा बक्ताहरुले आज उदघाटन हुँदै गरेको आँखा केन्द्रलाई शुभकामना दिँदै भाबी दिनहरुमा यस सँस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन । आजको कार्यक्रममा बोल्दै तिलगङ्गा आँखा केन्द्रका बाह्य अधिकृत कार्कीले हाम्रो मुलुकभर रहेका आँखा सम्बन्धी अरु कुनैपनि सँस्थाहरुबाट दिईने शेवा सुबिधाहरु अब उप्रान्त यस सँस्थाबाट सहजै लिन सकिने र हाल यस सँस्थामा रहने नेत्र सहायक कर्मचारी दक्ष तथा अनुभबि रहेकाले लगभग ८०प्रतिशत शेवा, सुबिधाहरु सहजै लिन सकिने ग्यारेण्टिको कुरा दोहोराई, तेहराई ठोकुवा समेत गरेका छन।

विशेष अधिकृत कार्कीले बिधालयका प्रधानाध्यापक हरुलाई सँकेत गर्दै प्रत्येक बिधालयहरुले आँखा स्वास्थ्य राख्न बिधार्थी हरुलाई बर्षको एकपटक अनिबार्य रुपमा आँखा चेकजाँच गर्नुपर्ने सुझाब समेत दिएका छन।

उदघाटन यस सँस्थालाई प्रारम्भमा दिईने शेवा, सुबिधा प्रदायक तिलगङ्गा प्रतिष्ठानले तत्काल एक बर्षका लागि कर्मचारी हरुलाई पारिश्रामिक तलब, भत्ता उपलब्ध गराईदिने, तर तत्पश्चात सम्पूर्ण जिम्मेवारी र दायित्व स्थानिय सरकारको नै रहने स्पष्ट जानकारी समेत उपस्थित सबै सामु गराएका छन। अब उप्रान्त यस सँस्थामा कर्मचारी रहेर काम गर्ने नेत्र सहायक सुनिता चौधरी रहनेछिन भने अप्टिकल फिटर (डिस्पेन्सर) भोजराज देबकोटा रहने समेत बताईएका छन।

कार्यक्रमका सभापति काफ्लेले विशेष सहयोग प्रदायक तिलगङ्गा प्रतिष्ठानलाई धन्यबाद दिँदै कार्यक्रममा उपस्थित सबै सर्जक हरुलाई दोश्रो पटक फेरि पनि सहभागीको लागि धन्यबाद ज्ञापन गर्दै आँउदो दिनहरुमा यस सँस्थालाई निरन्तरताको लागि हदै सम्मको प्रयास गर्ने कुराको अवगत गराँउदै आजको उदघाटन कार्यक्रम समापन भएको घोषणा गरेका छन।