neapl investment mega bank

सुनको मूल्य बढ्ने क्रममा

Mar 13th, 2023

काठमाडौं,फागुन २९

नेपाली बजारमा लगातार सुनको मूल्य बढ्ने क्रममा रहेको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । 

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, आज चाँदीको तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।