ललितपुर, फागुन २९
ललितपुरको चापागाउँमा फेरी बौद्ध चैत्य भत्काएर मूर्ति चोरी भएको छ । एक हप्ता अगाडी पनि त्यही चैत्य भत्काएर अशोककालीन चैत्य मूर्ति चोरी भएको हो। उक्त मूर्ति तीन सय १७ वर्ष पुरानो बुद्धको मूर्ति रहेका छन् ।
गोदावरी नगरपालिका ११ चिभालाछीस्थित बौद्ध चैत्यभित्र रहेको मूर्ति हिजो राति चोरी भएको हो । बिहान मात्रै राति मूर्ति चोरिएको स्थानीयले थाहा पाएका थिए ।