ललितपुर, फागुन २८
ललितपुरको महालक्ष्मी नगरपालिका ७ मा वडा कमिटी अध्यक्ष मुुकुन्द ठकुरीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा मिसन ग्रासरुट गोदावरी र महालक्ष्मी नगरपालिका इन्चार्ज धर्मदत्त देवकोटाले नेकपा एमाले पार्टीको विधान विपरित काम कार्य गर्नेलाई कारवाही राम्रो काम गर्नेलाई प्रमोशन, सम्मान गर्र्ने, प्रत्येक टोल कमिटीहरुमा बैठक बसी चलाएमान बनाउने, आउँदो चैत्र १८ गते हरेक वडामा प्रशिक्षण कार्यक्रम चलाई नेकपा एमाले पार्टी सदस्यकै रोहवरमा पार्टी सदस्यता नविकरण गर्दै जाने बताए ।
बैठकमा विशेष अतिथि पूर्व बागमती प्रदेशका राज्यमन्त्री तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य जिबन खड्काले पार्टी भित्र माथिल्लो तह र तल्लो तह सम्म सफा गर्न मिसन ग्रासरुटले मद्दत पुग्ने धारणा राखे ।
बागमती प्रदेश सदस्य तथा महालक्ष्मी नगरपालिका ७,८,९,१० का इन्चार्ज रामचन्द्र दाहालले वडा नं. ५, ७ नेकपा एमालेको बर्चश्व रहेको वडामा हार्नु परेकोमा दुःख लागेको बताउदै अब आउने निर्वाचनमा पुन नेकपा एमालेका उम्मेदवारहरुले जित्ने गरी काम गर्न अनुरोध गरे ।
त्यस्तै, नेकपा एमाले महालक्ष्मी नगर कमिटी सचिव विनोद कंडेलले आउँदो चैत्र १ गते जबज बैठक, १२ देखि १७ सम्म सम्पूर्ण वडा बैठक, प्रशिक्षण चैत २४ गते दल गठन गरी छायाँ सरकार समेत गठन हने बताए ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा महालक्ष्मी नगरपालिका वडा नंं. ७ इन्चार्ज आशा राईले मिसन ग्रासरुटले विगतका पुराना दोष, कुण्ठा बिर्सेर पार्टीलाई बलियो बनाई आउदो ०८४ को चुनाबमा नेकपा एमालेले संघ, प्रदेश, पालिका, वडामा विजयी गरायी नेकपा एमालेको नारा सुखी नेपाली सम्बृद्ध नेपालको कार्यभार पुरा गर्नु पर्ने बताइन् ।
.