काठमाडौं, फागुन २८
नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ५६ पैसा र बिक्री दर १३९ रूपैयाँ २९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ९७ पैसा र बिक्री दर १५७ रूपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।