neapl investment mega bank
  • गृहपृष्ठ
  • आजको मौसमः पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

आजको मौसमः पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

Mar 12th, 2023

काठमाडौं, फागुन २८

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा   चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली  रहनेछ। 

आगामी केही दिन  देशका पहाडी भू-भागमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।