ललितपुर, फागुन २७
महालक्ष्मी नगरपालिकाको आयोजना तथा वेष्ट बिङ् विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको महालक्ष्मी नगर स्तरीय अन्तर विद्यालय तेस्रो नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएको छ । उक्त कार्यक्रम नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा माननीय सँघिय सांसद प्रेमबहादुर महर्जनज्यूको प्रमुख आतिथ्यतामा भएको हो । वेष्ट विङ् विद्यालय, महालक्ष्मी ८ लुभूमा सम्पन्न भएको छ । सो कार्यक्रममा २९ वटा विद्यालयका करिव ३५० विद्यार्थीहरुले भाग लिएको यस कार्यक्रममा प्रमुख अतिथि, नगर प्रमुख र नगर उप प्रमुख लक्ष्मी महर्जनले कार्यक्रममको सफलताको शुभकामना प्रदान गर्नु भएको थियो ।
यस कार्यक्रममा माउण्ट ओलिभ स्कुलले छलिया नृत्य प्रस्तुत गरेर प्रथम स्थान, भ्याली पब्लिक स्कुलले सन्थाल नृत्य प्रस्तुत गरेर दोस्रो स्थान, जिनियम नेशनल एकेडेमीले कौडा नृत्य प्रस्तुत गरेर तृतिय स्थान र नेपाल डनबस्को स्कुलले तमाङ सेलोमा नृत्य प्रस्तुत गरेर सान्त्वना स्थान प्राप्त गरेका थिए । कार्यक्रममा गभ्मिर समुन्द्र सेतु विद्यालयका छात्र दिवश कार्कीले Mail Best Dancer, पवन प्रकृति स्कुलका छात्रा रिया दर्लानले Female Best Dancer, विश्वामित्र गणेश माविले उत्कृष्ठ भेषभुषा र पिस प्वाइन्ट एकेडेमीले उत्कृष्ठ कोरियोग्राफि उपाधि प्राप्त गरेका थिए ।
विजयी विद्यालय तथा विद्यार्थी कलाकारहरुलाई प्रमाणपत्र, मेडल, शिल्ड तथा नगद पुरस्कार नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्षज्यूहरुबाट प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, वडा १, ५, ८, ९ र १० का वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्सहरु, प्रमुख शिक्षा अधिकृत, शिक्षा समितिका सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरु, सहभागी विद्यालयका प्रअ/ प्रिन्सिपल , शिक्षक तथा विद्यार्थीहरु समेत करिब ७०० जनाको सहभागिता रहेको थियो ।
प्रमुख निर्णायकमा नृत्य प्रविण साजन श्रेष्ठ, निर्णायकमा नृत्य निर्देशक अञ्जु आले र नृत्य प्रभाकार पेमा लामा रहनु भएको थियो । सहभागि तथा अतिथिहरुलाई स्वागत वडा न ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शिक्षा अधिकृत सुनिति योङ्हाङ् तथा वेष्ट विङ् स्कूलका छात्र छात्रहरुले गर्नु भएको थियो ।