काठमाडौं, फागुन २४
नेपाल महिला फेडरेशनको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । कार्यक्रममा नेकपा सन्युक्तकी उप अध्यक्ष महिला विभागका प्रमुख लक्छमी शाहाको प्रमुख अतिथिमा भएको हो ।
नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो ।
उक्त कार्यक्रममा नेकपा सन्युक्त पार्टीका कोषध्यक्ष मधु बि.स, काठमाडौं जिल्ला अध्यक्ष उपेन्द्र छटुन्जेल, नेपाल राष्ट्रिय युवा फेडरेशनका अध्यक्ष नविन खड्का,नेपाल टे«ड युनियन फेडरेशनका अध्यक्ष गंगा राम खड्गी, नेपाल महिला फेडरेशनका कोषाध्यक्ष मिना शाहा र नेपाल महिला फेडरेशनको केन्द्रिय सदस्य कमला बस्नेत उपस्थित रहेको छ ।
कार्यक्रम संचालक नेपाल महिला फेडरेशनकी सचिव आशा महर्जले गरेको थियो ।