neapl investment mega bank
  • गृहपृष्ठ
  • छोरीका लागि छोरी संस्थाद्धारा अन्तरराष्ट्रिय नारी दिवस मनायो

छोरीका लागि छोरी संस्थाद्धारा अन्तरराष्ट्रिय नारी दिवस मनायो

Mar 8th, 2023

ललितपुर । छोरीका लागि छोरी संस्था केन्द्रीय परामर्श विभागद्धारा ललितपुरका विभिन्न स्थानमा अन्तरराष्ट्रिय नारी दिवस मनाएको छ । यस संस्थाले महिलाको हक तथा हितमा काम गर्दै आएको छ । संस्था छोरीले पनि समाजमा छोरा सरह हक अधिकार पाउनुपर्छ भन्ने उद्देश्यका साथ आज संस्थाले आठ मार्च अर्थात ‘११३ औँ अन्तरराष्ट्रिय नारी दिवस २०७९’ को अवसर पारी सो ठाउँमा विभिन्न कार्यक्रम गरेको हो ।

विभागकी केन्द्रयी संयोजक बसुधा बस्नेत पाण्डेले उक्त दिनमा आफूहरुले ललितपुरका विभिन्न मन्दिरमा पुगेर गरिब तथा आश्रय बिहिन व्यक्तिलाई कपडा बितरण गरी मानव कल्याणका साथै उक्त दिनको सुरुआत गरेको बताइन् । 

प्रहरी नायव निरीक्षक फुलकुमारी पौडेलले आजको युगमा कुनै पनि महिलाले आफू महिनावारी हुँदा छाउपडी गोठमा बसेर ज्यान गुमाउनु नपरोस भन्ने भनाइ व्यक्त गरे । अधिवक्ता जमुना भुषालले मुलुकमा बलात्कार लगायत बालयौन दुव्र्यबहार आदि घटना बढ्दो अवस्थामा रहँदा सोबाट जोगिने उपाय हरेक महिला तथा बालबालिकाले अपनाउनुपर्ने मत व्यक्त गरे । 

मुलुकभर सो दिन विभिन्न संस्था तथा निकायले भब्यताका साथ महिला सम्मानका लागि अन्तरराष्ट्रिय नारी दिवस मनाएका छन् ।