ललितपुर, फागुन २४
आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर विविध कार्यक्रम गरी आज यो दिवस मनाइदैछ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यसै अवसरमा ललितपुर बार एशोसिएशन महिला समितिले ¥याली आयोजना गरेका छन्
उक्त ¥यालीमा ललितपुर बार एशोसिएशन आवद्ध वरिष्ठ अधिवक्ताहरु, अधिवक्ता हरु र सम्पुर्ण कानुन व्यवसायीहरु उपस्थिीमा लगनखेल, प्रयागपोखरी, सुन्धारा, गाबहाल पुल्चोक, जावलाखेल, मानभवन, कुमारी पाटी हुँदै ललितपुर बार एशोसिएशन पुगेर समापन्न भएको हो ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।