काठमाडौं, फागुन २१
काठमाडौं । काभ्रे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ ।
बिहान काभ्रेमा गएको परकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।