neapl investment mega bank

चापागाउँमा रक्तदान कार्यक्रम सम्पन्न

Mar 4th, 2023

ललितपुर, फागुन २०

ललितपुर । गोदावरी नगरपालिका ११ चापागाउँमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ किरण नेपालको आयोजना र गोदावरी नगरपालिकाका सहयोगमा भएको हो । सो कार्यक्रममा नयाँ किरण नेपाल संस्थाकी अध्यक्षय रिजना तुलाधरको सभापत्वि र प्रतिनीधि सभा सदस्य माननीय उदय शम्सेर राणाको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।

कार्यमक्रममा विशेष अतिथि बागमती प्रदेश सभा सदस्य माननीय मिनकृष्ण महर्जन, उपमेयर मुना अधिकारी र वडा अध्यक्ष निलबहादुर देशार रहेका छन् ।

साथै, उक्त कार्यक्रममा प्रतिनीधी सभा सदस्य माननीय उदय शम्सेर राणा र बागमती प्रदेश सभा सदस्य माननीय मिनकृष्ण महर्जनलाई सम्मान पनि गरेको छ । ३६ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिए ।