neapl investment mega bank
  • गृहपृष्ठ
  • चापागाउँमा नौ सय वर्ष पुरानो सत्य सिं महा बिहारको सिलान्यास

चापागाउँमा नौ सय वर्ष पुरानो सत्य सिं महा बिहारको सिलान्यास

Mar 4th, 2023

ललितपुर, फागुन २०
ललितपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले श्री सत्य सिंह महा बिहारको सिलान्यास गरेका छन् ।गोदावरी नगरपालिका ११ चापागाउँमा रहेको झण्डै ९ सय वर्ष पुराना श्री सत्य सिं महा बिहारको सिलान्यास कार्यक्रमका प्रमुख अतिथि बानियाँले गरेको हो ।

सिलान्यासका साथै निर्माण सम्पन्न गर्नको लागि सम्बन्धित निकायमा पहल गर्ने बताए । बिहार सम्पन्न गर्नको लागि ७ करोड रुपैयाँ डिपिआर तयार रहेको अवस्थामा बानियाँले सो बराबरको रकम निकासा गर्न स्थानीय सरकार, बागमती प्रदेश, केन्द्र सरकारमा पहल गरी उक्त बिहार दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरी, विशेष अतिथिका रुपमा रहेका बागमती प्रदेश सभा सदस्य माननीय मीन कृष्ण महर्जनले गोदावरी नगरपालिका ११ पुरातात्वीक महत्व बोकेको वडा र आफू पनि यसै वडामा जन्मेको हुर्केको कारण यस क्षेत्रमा रहेका हरेक जिर्णाद्वार मठमन्दिर पुर्ननिर्माण गर्नुका साथै संस्कृति, सम्पदा जोगाउने आफ्नो दायित्व रहेको बताए ।

सो सिलान्यास कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी र वडाध्यक्ष निलबहादुर देसार रहेका थिए ।