ललितपुर,फागुन १८
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ रहेको सामाजिक विकासका लागि महिला अभियान भवन संरक्षणको पर्खाइमा पर्खिरहेको छ । सो भवन गोदावरी खोलाले कटान गर्न लाग्दा समेत सम्बन्धित निकायले कुनै चासो देखाएको पाइएको छैन ।
पूर्व वडा अध्यक्ष नकुल थापा संग भवनको विषयमा बुझ्दा खासै बगाउने सम्भावना नभएको बताए । संस्थाकी अध्यक्ष आशा राई हामी रोक्न बजेट माग गरेको बताइन् ।
त्यस्तै, महालक्ष्मी नगरपालिका वडा सदस्य विराट शिल्वालका अनुसार नगरपालिकामा बजेट माग गर्दा समेत बजेट दिन आलटाल गरेको बताए ।