neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपरको चापागाँउमा आठौं शताव्दीको बुद्धको मूर्ति चोरी

ललितपरको चापागाँउमा आठौं शताव्दीको बुद्धको मूर्ति चोरी

Mar 2nd, 2023

ललितपुर, फागुन १८

ललितपुर। ललितपुरको चापागाँउमा आठौं शताव्दीको ऐतिहासिक पुरातात्विक बुद्धको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउको करिव ३ सय मिटर दुरीमा रहेको चैत्यमा राखिएको बृद्धको मूर्ति चोरी भएको हो ।

चापागाँउ पुरानो वसपार्कसँगैको मूर्ति स्तुपा भत्काएर चोरी भएको स्थानीय जानकारी दिए । बुधबार रातको समयमा स्तुपामा रहेको बुद्धको मूर्ति चोरी भएको महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि कृष्णकुमार चन्दले जानकारी दिए । उनले चोरी सम्बन्धी अनुसन्धान भइरहेको बताए ।

चैत्य ईस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।