neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यकामा मेट्रो रेल बनाउने नेतृत्व लिन बालेन शाहलाई चिरिबाबुको आग्रह

उपत्यकामा मेट्रो रेल बनाउने नेतृत्व लिन बालेन शाहलाई चिरिबाबुको आग्रह

Feb 24th, 2023

काठमाडौं,फागुन १२
ललितपुरका ललितपुर महानगरपालिका मेयर चिसिबाबु महर्जनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शाहलाई उपत्यकाको मेट्रो रेलको बनाउन नेतृत्व लिन आग्रह गरेका छन् । उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएकाले काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्दै मेयर महर्जनले शुक्रबार मेयर शाहलाई पत्र बुझाएका छन ।
महर्जनले संघीय सरकारसंग सहकार्य गर्दै काठमाडौं महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे ।

पत्र बुझाउदै महर्जनले भने, उपतयकालाई दुई महानगर बीच समन्वय र सहकार्य भए ठूलो योजना सम्पन्न गर्न सकिन्छ ।
जसका लागि ललितपुर काठमाडौंको सहयात्री बन्छ । काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ । महर्जनले उपत्यकामा अन्य नगरपालिकासँगको हातेमालो पनि अपरिहार्य भएको बताए । धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रो रेल नल्याई सुखै छैन महर्जनले भने ।

उनले मेट्रो रेलको निर्माणमा ढिलाई गर्न नहुने भन्दै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य हुने बताए । अब पनि काठमाडौं उपत्यकामा मेट्रो रेल नबनाउने हो भने सन्ततिले हामीलाई धिक्कार्छन् । त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेनले मेट्रो रेल उपत्यकाको लागि अत्यावस्यक भएको महशुस आफूले पनि गरेको बताए ।

काठमाडौं महानगरले पनि मेट्रो रेलको बारेमा अनौपचारिक सोधखोज गरिरहेको शाहको भनाई थियो । दीर्घकालीन रुपमा हेरेर योजना बनाउनु पर्ने भन्दै शाहले महर्जनलाई भने, योजना बनाउदा कम्तीमा ५० वर्षको योजना बनाउनु पर्छ, राम्रो त एक सय वर्ष सोचेर बनाउनु राम्रो हो दुई चार वर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुशी सुख दिन सक्दैन ।
ललितपुर महानगरमका सल्लाहकार इञ्जिनियर वदन न्याछ्यौले उपत्यकाको ट्राफिक व्यवस्थापन समयमा नभए अबको ५ वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुने बताए । उनले (गतिहिन) हुन सक्ने अवस्था रहेको दुई मेयरको भेटमा सुनाए ।

उपत्यकाको ट्राफिक व्यवस्थापन र ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि नेपाली विज्ञहरुको एक अन्तराष्ट्रिय समूह बृहत काठमाडौं उपत्यका मेट्रो रेल प्रबद्र्धन समूह केही समय देखि कार्यरत छ । उक्त समूहको संस्थापकमा विनोद अमात्य, इं वदन न्याछ्यौं, डा. पुरु श्रेष्ठ, डा. श्रीगोविन्द शाह, ई. अनन्त वैद्य, ई. सुरेन्द्र जोशी लगायत रहेका छन् । यो समूहले काठमाडौं उपत्यका क्षेत्रमा मेट्रो रेल प्रणालीको आधारमा दिर्घकालीन विकास तथा एकीकृत यातायात व्यवस्थापनको विकासको रणनीतिक अवधारणा पत्र सहित तयार गरको छ । मेयर चिरिबाबु महर्जन उक्त अवधारणा पत्र सहित बालेन भेट्न पुगेका थिए ।